मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १८:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हालसम्म सात राजनीतिक दललाई राष्ट्रिय पार्टीको मान्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १८:०१:००

हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएकाे निर्वाचन आयोगले जनाएको छ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत थ्रेसहोल्ड कटाएका आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले  बताए।

समानुपातिकतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना हुँदा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको स्पष्ट पारे। आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सकिने अनुमान गरेको छ।

दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन्। त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउनेछ। दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी आयोगमा नामावली पठाउनेछन्। त्यसो गर्दा एकतिहाई महिलाको संख्या भने राजनीतिक दलहरूले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको वाग्लेले स्मरण गराए।