मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार १४:३६:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

मस्कोविरुद्ध उभिन युरोप एक्लै पर्याप्त छैन : सान्ना मरिन

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार १४:३६:००

फिनल्यान्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रुसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्यांकन गर्दै मस्कोविरुद्ध एक्लै उभिन युरोप पर्याप्त नभएको बताएकी छिन्। 

अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनमाथिको कब्जाले रुससँग व्यवहार गर्ने ‘युरोपेली कमजोरी र रणनीतिक भूल’ दुवैलाई उजागर गरेको उनले बताइन्। 

‘म तपाईंसँग धेरै इमानदार हुनुपर्छ, निर्ममतापूर्वक इमानदार हुनुपर्छ, युरोप अहिले पर्याप्त रूपमा शक्तिशाली छैन । हामी संयुक्त राज्य अमेरिकाविना समस्यामा पर्नेछौँ,’ उनले सिड्नीको लोवी इन्स्टिच्युटका थिंक ट्यांकसँगको छलफलमा यस्तो भनेकी हुन्। 

मारिनले युक्रेनलाई युद्ध जित्नका लागि ‘जे चाहिए पनि’ दिनुपर्नेमा जोड दिँदै युद्धमा रुसको सफलतालाई निस्तेज पार्न आवश्यक हतियार, आर्थिक र मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्।  

उनले भनिन्, ‘हामीले युरोपेली रक्षा र युरोपेली रक्षा प्रणालीको कुरा गर्दा यो सुनिश्चित गर्नुपर्दछ आवश्यक ती क्षमता पनि निर्माण गरिरहेका छौँ र हामी विभिन्न प्रकारका परिस्थितिहरूको सामना गर्न सक्दछौँ।’ 

फिनल्यान्डले लगभग एक सय पाँच वर्षअघि रुसबाट स्वतन्त्रता प्राप्त गरेको थियो र आक्रमणकारी सोभियत सेनालाई ठूलो संख्यामा मारिएको भए तापनि त्यसको केही समयपछि रुसले फिनल्यान्डको ठूलो जनधनको क्षति पुर्‍याएको थियो। 

फिनल्यान्डका ३७ वर्षीय नेताले पुटिनसँगको सम्बन्धको महत्वमा जोड दिने युरोपेली संघको नीतिको निन्दा गर्दै सोभियत संघको पतनपूर्वका संघका सदस्य राष्ट्रहरूको कुरा सुन्नुपर्नेमा उनको जोड थियो।  

सन् २००४ मा युरोपेली संघमा सामेल भएदेखि नै इस्टोनिया र पोल्यान्डजस्ता देशले रुसका सदस्य राष्ट्रलाई पुटिनविरुद्ध कडा कदम चाल्न आग्रह गर्दै आएका छन्। 

‘हामीले बाल्टिक र पोलिस साथीहरूको कुरा धेरै चाँडो सुन्नुपर्थ्याे । लामो समयदेखि युरोपले रुससँग हाम्रो आर्थिक सम्बन्ध बन्द गर्ने, रुसबाट ऊर्जा किन्ने रणनीति बनाइरहेको थियो । हामीले सोचेका थियौँ कि यसले युद्धलाई रोक्नेछ। तर, यो दृष्टिकोण ‘पूर्णतया गलत साबित भएको छ,’  मरिनले भनिन्। 

रुसीहरूलाई आर्थिक सम्बन्ध र प्रतिबन्धको कुनै वास्ता नभएको उनको भनाइ थियो।