मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार ११:४५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निटफेस्टमा शुक्रबार भारत र अर्जेन्टिनाको नाटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार ११:४५:००

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ। नौ दिवसीय महोत्सवको आठौँ दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटकसहित विविध कार्यक्रम हुँदै छ।

शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्यान्ड’ मञ्चन हुँदै छ। ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाउँमा भेटिएका तीन व्यक्तिको वरिपरि घुम्दछ। यो नाटक मध्याह्न १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदै छ।

त्यस्तै, साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदै छ। यो सांगीतिक तथा शारीरिक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ।