मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी बाजुरा
२०७९ मङ्सिर १६ शुक्रबार १०:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुचुल्कामा भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ मङ्सिर १६ शुक्रबार १०:४४:००

बाजुरामा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका- ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा बढी मत पाइएकाे  हो । 

प्रतिनिधिसभाको मतगणना गर्दा मुचुल्कामा भन्दा ४० मत बढी पाइएपछि अहिले मतगणना रोकिएको छ । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर थापाले पत्रकार सम्मेलन गरी यस केन्द्रमा पुन: मतदान गर्नुपर्ने माग गरेका छन् ।हिमाली गाउँपालिका- ६  कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेको गृहपालिका हो भने उनले यही केन्द्रबाट मतदान गरेका थिए । 

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे अग्र स्थानमा छन् । पाण्डेले पाँच हजार तीन सय ९९ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार कर्णबहादुर थापाले चार हजार एक सय ३० मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेश सभाको भने मतगणना जारी छ ।