मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार १०:२३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ब्राजिलको नजर समूह विजेता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार १०:२३:००

पाँचपटकको विजेता ब्राजिल समूह ‘जी’ मा एक खेलअगाडि नै प्रिक्वार्टरफाइनलमा पुगिसकेको छ । समूहको अन्तिम तथा तेस्रो खेलमा ब्राजिलले दक्षिण अफ्रिकी टोली क्यामरुनको सामना शुक्रबार गर्दै छ । लुसेल आइकोनिक मैदानमा ब्राजिलको नजर लगातार तीन खेलमा जित निकाल्ने हुनेछ । क्यामरुन भने ब्राजिललाई स्तब्ध पार्दै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ । यद्यपि, क्यामरुनलाई त्यति सहज भने छैन । क्यामरुनले दुई खेलबाट एक अंक जोडेको छ । 

यस समूहमा स्विट्जरल्यान्डले सर्बियाको सामना गर्नेछ । सर्बियाले स्विट्जरल्यान्डलाई हराउँदा अर्को चरणमा पुग्न सक्छ । स्विट्जरल्यान्डले तीन अंक बनाएको छ । सर्बियाले दुई खेलबाट एक अंक जोडेको छ । स्विट्जरल्यान्डले तेस्रो खेलमा जित निकाल्दा सहजै नकआउट चरणमा पुग्नेछ । यो नतिजामा सर्बिया र क्यामरुनको अन्तिम १६ मा पुग्ने सपना समाप्त हुनेछ । दोस्रो खेलमा ब्राजिलसँग स्विट्जरल्यान्ड अन्तिम समयमा पराजित भएको थियो । 

हारले स्विट्जरल्यान्ड समूह चरणमै रोकिनेछ । यो समीकरणमा सर्बियाको प्रिक्वार्टरफाइनल स्थान बनाउने सम्भावना उत्तिकै बलियो हुनेछ । तर, सर्बियाले ब्राजिल र क्यामरुनबीचको खेल नतिजा प्रतीक्षा गर्नुपर्छ । क्यामरुनले ब्राजिलमाथि अप्रत्याशित नतिजा निकाल्दा मात्र सर्बियाको भाग्य खुल्नेछ । 

 ब्राजिललाई नेमारको चिन्ता
छैटौँपटक विश्वकप ट्रफी चुम्ने लक्ष्यका साथ कतार पुगेको ब्राजिललाई अहिले एउटा पक्षले सताएको छ । टोलीकै मुख्य स्ट्राइकर नेमार जुनियरको चोट तत्कालै निको नहुने देखिएको छ । समूह ‘जी’को पहिलो खेलमा सर्बियाविरुद्धको प्रतिस्पर्धामा नेमार घाइते भएका थिए । त्यसैवेला नेमार दुई खेलमा उपलब्ध नहुने ब्राजिलियन अफिसियलले जनायो । नेमार प्रिक्वार्टरफाइनलमा उपलब्ध हुने भनियो । तर, पछिल्लो रिपोर्टअनुसार नेमार प्रिक्वार्टरफाइनल खेलमा समेत उपलब्ध हुनेछैनन् । उनको चोट अझै निको भएको छैन । नेमार सम्भवतः क्वार्टरफाइनल वा सेमिफाइनलमा देखिनेछन् ।