१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १६ शुक्रबार ०९:४०:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १६ शुक्रबार ०९:४०:००

धेरैजसो मानिसलाई महँगा वा ब्रान्डेड कपडामा स्टाइलिस देखिन्छ भन्ने लाग्छ । जो गलत छ । ब्रान्डेड कपडाको गुणस्तर राम्रो हुन्छ । तर, महँगा कपडा नै किन्नुपर्छ भन्ने छैन । हामी सुपथ मूल्यमा पाइने कपडामा पनि स्मार्ट देखिन सक्छौँ । त्यसका लागि हामीले पनि आफ्नो शरीर फिट राख्नुपर्छ । जसकारण, फिटिङ कपडा लगाउन सकियोस् । 

- कलर कम्बिनेसनले पनि आकर्षक देखाउन सहयोग गर्छ । आफ्नो स्किन टोनमा म्याच गर्ने कलर छान्नुस् । 
- कपडा छनोट गर्दा कम्फर्टेबल र कन्फिडेन्ट लाग्ने कपडा छान्नुपर्छ । अर्थात्, तपाईंलाई जे सहज लाग्छ, त्यही लगाउनुस् । 
- जिन्स किन्दा उल्टो गरेर एकपटक भित्री भाग हेर्नुस् । त्यहाँ सिलाइएको भाग लुज देखिन्छ भने त्यस्ता कपडा धेरै टिक्दैनन् । टाइटसँग सिलाइएको कपडा टिकाउ हुन्छ । यस्तो कपडा सहजै किन्दा हुन्छ । 
- तपाईंले आफ्नो कपडासँग म्याच गर्ने हेयर स्टाइल गर्नुपर्छ । त्यस्तै, छालाको स्याहार पनि गर्नुपर्छ । 
- जुत्ता पनि कपडासँग म्याच गर्नेखालको किन्नुपर्छ । पातलो सोल भएका जुत्ता धेरै टिक्दैनन् । धेरैजसो कपडामा बाक्लो सोल भएका जुत्ता नै म्याच हुन्छ । 
- घडी छान्दा स्लिम खालको छान्नुस् । यस्ता घडीले तपाईंलाई आकर्षक देखाउँछ । ब्रासलेट लगाउनुहुन्छ भने एउटै मात्र लगाउनुस् । धेरै ब्रासलेट लगाउँदा भद्दा देखिन सक्छ ।