१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १६ शुक्रबार ०९:२८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जिम जानेले झुक्किएर पनि नगर्नुस् यी गल्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १६ शुक्रबार ०९:२८:००

सुरुमै धेरै तौल नउचाल्नुस् । बरु, ट्रेडमिल, साइक्लिङलगायतमा फोकस गर्नुस् । कतिपय मानिस जिम जानासाथ ठूला–ठूला फलामका तौल उचाल्न थाल्छन् । यसले एकातर्फ मसल्स पेनको सम्भावना बढाउँछ । अर्कोतर्फ, दिनभर थकित भइन्छ । बरु, उपयुक्त टेक्निक लगाएर प्रशिक्षकको सल्लाहमा थोरै–थोरै गर्दै बिस्तारै तौल बढाउँदै उचाल्नुस् । 

देवेन्द्र श्रेष्ठ फिटनेस ट्रेनर

कतिपय अवस्थामा जिममा पहिल्यै अभ्यस्त भएका मानिसलाई देखेर भर्खरै जिम थाल्नेहरू नर्भस हुने गर्छन् । आफूले तौल उचाल्दा कसैले हेरिरहेको छ कि भन्ने डर पनि उनीहरूमा हुने गरेको छ । कतिपयले अरूले तौल उचालेको देखेर त्यहीअनुसार तौल उचाल्ने पनि गरेका छन् । तर, अरू कसैलाई हेरेर होइन, आफ्नो प्रशिक्षकको सल्लाह र शरीरको अवस्था बुझेर जिम गर्ने हो । कसले के भन्छ भन्ने बिर्सनुस् र आफ्नो काममा मात्रै ध्यान केन्द्रित गर्नुस् । तपाईं अभ्यस्त भएपछि अरू मानिसले पनि तपाईंसँग टिप्स माग्न थाल्नेछन् । 

मानिसहरू सुरुमा निकै मिहिनेतका साथ जिम गर्छन् । तर, बिस्तारै छाड्दै जान्छन् । छोटो समय जिम गर्दैमा आकर्षक शरीर बन्दैन । यसका लागि लामो अवधिसम्म उस्तै लगावका साथ मिहिनेत गर्न जरुरी छ । अर्को, तपाईंले जीवनशैलीमा पनि सुधार ल्याउन जरुरी छ । प्रोटिन वा अन्य खानेकुरामा अनावश्यक खर्च गर्नबाट बच्नका लागि तपाईंले फिटनेस ट्रेनर वा डाइटिसियनसँग परामर्श लिनुस् । स्वस्थ र सन्तुलित खानपान गर्नुस् । समय र पैसा दुवैको बचत हुन्छ । 

दैनिक आठ घन्टा सुत्नुस् 
जिम सेन्टर गएपछि आफ्नो जीवनशैलीलाई पनि ध्यान दिन आवश्यक पर्छ । तपाईंले कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम चाहिन्छ, ज्यानलाई आराम भएन भने शरीरको विकास हुन पाउँदैन । 

सुगरका रोगी पनि जिम सेन्टर गयो भने ‘मेन्टेन’ हुन्छ । प्रेसर हाई भएका व्यक्ति पनि जिम सेन्टर जाँदा राम्रो हुन्छ । जिम सेन्टर गएपछि तौल उचाल्नैपर्छ भन्ने हुँदैन । एक्सरसाइजका किसिम हुन्छन्, त्यहीअनुसार गर्दा राम्रो हुन्छ । मैले सुगर–प्रेसर भएका मानिस पनि जिम सेन्टर आएपछि समस्या कम भयो भनेको सुनेको छु । 

शारीरिक व्यायामले मानसिक तथा आत्मविश्वास विकास गरेको हुन्छ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्न आवश्यक छ । शरीर र मनलाई स्फूर्त राख्न जिम सेन्टर जाने हो । हरेक दिन शारीरिक व्यायामका लागि थोरै समय दिँदा मात्र पनि शरीर, मन र दिमाग स्वस्थ बनाउन धेरै सहयोग पुग्छ ।