१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार ०७:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखामा गठबन्धनका उम्मेदवार गंगा कार्कीको सुरुवाती अग्रता 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार ०७:१७:००

मंसिर ४ को निर्वाचनपछि केही मतदान केन्द्रमा पुनः निर्वाचन भएको दोलखामा बिहीबार रातिबाट मतगणना सुरु भएको छ। बिहीबार राति ९ बजेदेखि सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको  हो । जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेश (क) तर्फ गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ ।

बिहान ६:३० बजेसम्म प्रतिनिधिसभाको तीन हजार ६ सय ४३ गणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार माओवादी नेता गंगा कार्कीले दुई हजार तीन सय ३९ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले नौ सय ३२ मत मात्रै प्राप्त गरेका छन् । कार्कीभन्दा सिवाकोटी एक हजार चार सय सात मत पछाडि रहेका छन् ।

यस्तै, प्रदेश सभा क्षेत्र नम्बर (क) को तीन हजार एक सय १७ गणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले एक हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नरबहादुर श्रेष्ठले एक हजार ५४ मत प्राप्त गरेका छन् । काफ्ले र श्रेष्ठ बीचको मतान्तर ६ सय नौ देखिएको छ ।

प्रदेश (ख) को  तीन हजार ६ सय ५६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले एक हजार आठ सय ६ मत प्राप्त गरेका छन् भने  वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दोलखा कांग्रेसका सभापति वर्मा लामाले एक हजार पाँच सय दुई मत प्राप्त गरेका छन् । हाल गौरीशंकर र शैलुङ गाउँपालिकाको मतगणना जारी छ ।