मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार १९:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनका पूर्वराष्ट्रपति जेमिनको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीकाे शोक सन्देश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार १९:५९:००

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति समवेदना पठाएका छन्।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री देउवाले समकक्षी ली खछियाङलाई बिहीबार सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जेमिनको निधनबाट नेपालले असल र विशिष्ट मित्र गुमाएको उल्लेख गरेकी छिन्। भण्डारीले सन् १९९६ मा स्वर्गीय जेमिनले नेपालमा राजकीय भ्रमण गरेको स्मरण गर्दै उक्त भ्रमणले नेपाल र चीनबीच निकट मित्रतामा थप सुदृढ बनाएको उल्लेख गरेकी छिन्। 

प्रधानमन्त्री देउवाले पनि पूर्वराष्ट्रपति जेमिन नेपालका महान मित्र र शुभचिन्तक रहेको सन्देशमा उल्लेख गरेका छन्। पूर्वराष्ट्रपति जेमिनले नेपाल र चीनबीच सहकार्य, मित्रता तथा लामो समयदेखिको हार्दिकता थप सुदृढ गर्न महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्।