मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
गगन अयडी बाजुरा
२०७९ मङ्सिर १५ बिहीबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा मतगणना सुरु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ मङ्सिर १५ बिहीबार १७:४८:००

एक सातादेखि अन्याेलमा रहेको बाजुरामा बिहीबारबाट मतगणना सुरु भएको छ। दिउँसो ३ः३० बजेबाट सुरु हुने भने पनि ढिलो गरी मतगणना सुरु भएको हो।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्न बुधबार निर्णय गरेको भए पनि बाजुरामा मतगणना अनिश्चित नै थियो। आयोगले मतगणना गर्ने निर्णय गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रोपटक सर्वदलीय बैठक बोलाएर मतगणनाका लागि सहमति जुटाएको हो।