१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार १०:२९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दुखाइ कम गर्ने घरेलु उपाय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार १०:२९:००

हेल्थ टिप्स

मानिसहरू प्रायः दुखाइबाट मुक्त हुनका लागि पेनकिलर प्रयोग गरिहाल्छन् । तर, जथाभावी पेनकिलरको प्रयोगले धेरै साइड इफेक्ट देखिने भएकाले हामी यसको प्रयोगमा सावधान हुन जरुरी छ । यसको साटो तपाईंले केही घरेलु उपचार गर्न सक्नुहुन्छ । जसले दुखाइ पनि कम गर्छ र साइड इफेक्ट पनि हुँदैन । पहिले–पहिले मानिसहरू घरेलु उपचारबाटै निको हुन्थे । 

ल्वाङ : दाँत दुख्दा ल्वाङको प्रयोग गर्न सकिन्छ । केही समयमा लागि ल्वाङलाई दाँतमा राखेर दाँतको तल्लो भागलाई दबाउन सकिन्छ । वा, ल्वाङको तेलमा रुई डुबाएर दाँतको तल दबाउन सकिन्छ । यसले दाँतको दुखाइबाट राहत मिल्छ ।

बेसार : बेसारमा रहेको करक्युमिन नामक तत्वले पेनकिलरको काम गर्छ । यसले दुखाइलाई कम गर्छ । यसको कुनै साइड इफेक्ट पनि हुँदैन । 

बरफ : बरफले सेक्दा दुखाइको स्थितिमा थोरै समयका लागि आराम मिल्छ । यसले ती नसाहरूलाई ब्लक गर्छ, जसमा दुखाइ अनुभूति हुन्छ । यसको प्रयोग साना चोट, गर्दन वा कम्मरको दुखाइबाट आराम पाउनका लागि गर्न सकिन्छ । 

पेनकिलरका साइडइफेक्ट
- आन्द्रामा असर गर्छ, लिभर बिगार्न सक्छ । 
- कोडिन पेनकिलरले लत बसाल्छ । एकपटक यस्तो पेनकिलर प्रयोग गर्नेले फेरिफेरि प्रयोग गर्छन् र बिस्तारै लत नै बस्छ । 
- फ्लेक्जन भनेको पारासिटामोल हालेको औषधि हो । यसको अत्यधिक सेवन गर्दा मस्तिष्कमा असर गर्छ । 
- पेनकिलरको अत्यधिक प्रयोगले डिप्रेसन पनि निम्त्याउन सक्छ । ओपिओडजस्ता पेनकिलरको प्रयोग लामो समयसम्म गर्दा डिप्रेसन हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले चिकित्सकसँग परामर्श गरेर मात्र पेनकिलर लिनुपर्छ ।