मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार १०:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

किम्फमा ३० देशका ६० फिल्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १५ बिहीबार १०:२३:००

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) २२ मंसिरदेखि हुने भएको छ । फेस्टिभलका लागि ३० देशका ६० फिल्म तथा डकुमेन्ट्री चयन भएको जानकारी बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले दिएको छ । 

पत्रकार सम्मेलनमा ‘हेर्ने कथा’ टिमले निर्माण गरेको डकुमेन्ट्री ‘बाघको बंगरा’ देखाइएको थियो । प्रदर्शनपछि हेर्ने कथाका कमल कुमार, विद्या चापागाईंसँग अन्तरक्रिया गरियो । डकुमेन्ट्रीमा जाजरकोटका स्थानीयले लामो यात्रापछि भीरमा मह काढ्न गरेको संघर्ष देखाइएको छ । फिल्मले मह–सिकारका लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मिहिनेतलाई चित्रण गरेको छ । 

‘हेर्ने कथा कार्यक्रम तयार पार्ने सिलसिलामा यो फिल्म बनाएका हौँ,’ निर्मात्री चापागाईंले भनिन्, ‘किम्फमार्फत दर्शकसामु फिल्म देखाउन हामी तयार र उत्साहित छौँ ।’ यो डकुमेन्ट्री अब फेस्टिभलको पहिलो दिन प्रदर्शन हुनेछ । फेस्टिभलको समापनका दिन अस्ट्रेलियाली फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’ प्रदर्शन हुने महोत्सवकी निर्देशक रम्याता लिम्बूले बताइन् ।