१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ मङ्सिर १५ बिहीबार ०८:४०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोस्रो विश्वकपमा सय गोल पूरा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०८:४०:००

सन् १९३० मा उरुग्वेले पहिलोपटक विश्वकप आयोजना गर्‍यो । यस विश्वकपमा १६ टोली मात्र सहभागी थिए । दोस्रो संस्करण इटालीमा भएको थियो । यसै संस्करणमा विश्वकपकै सय गोल संख्या पूरा भएको थियो । यो सफलता इटालीका एन्जेलो स्चिभियोले राखे ।

अमेरिकाविरुद्धको प्रतिस्पर्धामा उनले खेलको १८औँ मिनेटमा इटालीलाई १–० को अग्रता दिलाए । संयोगवश यही स्चिभियोकै गोल विश्वकपमा सय गोल संख्या हुन पुग्यो । 

सो खेलमा स्चिभियोले ह्याट्रिक लगाउँदा इटालीले अमेरिकामाथि ७–१ को फराकिलो जित निकाल्यो । स्चिभियोले खेलमा २९औँ र ६४औँ मिनेटमा गोल गरेका थिए । दोस्रो संस्करणमा १६ राष्ट्रले १७ खेलमा प्रतिस्पर्धा गरेका थिए । विश्वकपमा ७० गोल भयो । यसपटक प्रतिखेलको गोल औसत ४.१२ रह्यो ।