Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर १५ बिहीबार ०७:२७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दबाबमा बेल्जियम र क्रोएसिया

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०७:२७:००

साबिक उपविजेता क्रोएसियाविरुद्ध बिहीबार मैदानमा उत्रँदा दाबेदार बेल्जियम दबाबमा हुनेछ । अलमेद विन अलि मैदानमा बेल्जियमलाई जितको विकल्प छैन । रसिया विश्वकपमा फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको क्रोएसिया कतार विश्वकपअन्तर्गत समूह ‘एफ’मा चार अंकसहित शीर्ष स्थानमा छ । 

मोरक्को चार अंकसहित दोस्रो स्थानमा छ । बेल्जियम तीन अंकसहित तेस्रो स्थानमा रहँदा क्यानडा अंकविहीन छ । यस समूहबाट क्यानडाबाहेक क्रोएसिया, मोरक्को र बेल्जियमले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । समूह ‘एफ’को पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले दोस्रो खेलमा आइतबार क्यानडालाई ४–१ ले पराजित गरेको थियो ।

 अन्तिम खेलमा बेल्जियमलाई हराउँदै क्रोएसिया समूह विजेता बन्ने दाउमा छ । बराबरले समेत क्रोएसियाले समूह चरण पार गर्नेछ । विजेता र उपविजेताका लागि क्रोएसियाले मोरक्को र क्यानडाबीचको खेल कुर्नेछ । 

क्रोएसियासँग पराजित भए बेल्जियम समूहबाटै बाहिरिनेछ । यसै कारण बेल्जियमलाई जित नै मुख्य लक्ष्य हो । यसैले बेल्जियम ‘गर या मर’को स्थिति छ । बराबरले बेल्जियमको सम्भावना रहन्छ । तर, मोरक्को र क्यानडाको खेल कुर्नुपर्ने हुन्छ । क्रोएसियाविरुद्ध बराबरी खेले बेल्जियम छनोट हुन क्यानडाले मोरक्कोलाई पराजित गर्नुपर्छ । 

मोरक्को र क्यानडाबीच अल थुमामा मैदानमा प्रतिस्पर्धा हुनेछ । अफ्रिकन राष्ट्र मोरक्को प्रतियोगितामा अपराजित छ । समूहको दोस्रो स्थानमा रहेको मोरक्को कमजोर मानिएको क्यानडालाई पराजित गर्दै समूह विजेता बन्ने योजनामा छ । मोरक्को गोलअन्तरसमेत बढाउँदै बेल्जियमलाई पछि पार्ने लक्ष्यमा छ ।