मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १८:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

 आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ अफर  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १८:०२:००

आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात ‘साइबर विक’ अब नेपालमा पनि सञ्चालनमा आएको छ। 

मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरू खरिद गर्न सक्नेछन्। 

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले सो अफर बिग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्नेछन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।