मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना थाल्न आयाेगकाे निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १४:२९:००

निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ।आयोगको बुधबार बसेको बैठकले पुनः मतदानमा नजाने निर्णय गरेको सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए।

४ मंसिरमा भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको भुसालले बताए। नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको थियो। 

आयोगको यसअघिको बैठकले दोलखाका १० विवादित केन्द्रमा भने यही मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ।