मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १०:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कासा ब्रान्डको रेड कार्पेट इभेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १०:१८:००

नेपाली फेसन ब्रान्ड ‘कासा’ले रेड कार्पेट इभेन्ट ‘काठमाडौं फेसन गाला’ आयोजना गरेको छ । कम्पनीले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बबरमहल रिभिजिटेडमा फेसन सो गरेको हो । यसपटक वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा फेसन सो आयोजना गरिएको कासाका सञ्चालक डा. पंकज गुप्ताले बताए ।

फेसन गालामा व्यवसायी विकास राणा, बिबिसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिका, फेसन डिजाइनर, मेकअप आर्टिस्टसहित चर्चित व्यक्तिहरूको उपस्थिति थियो । रेड कार्पेट इन्भेट नेपालमा पहिलोपटक आयोजना गरेको कासाकी सञ्चालिका रमिला नेमकुलले बताइन् । ‘फेसन ग्ल्यामर मात्रै होइन, बिजनेस पनि हो,’ उनले भनिन्, ‘फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग हो, तर नेपालमा यस उद्योगको खासै विकास हुन सकेको छैन ।’

रेड कार्पेट इभेन्टले फेसन डिजाइनिङ क्षेत्र र यससँग सम्बन्धित अन्य क्षेत्रका सबै व्यक्तिलाई एकआपसमा भेटघाट र चिनजान गर्ने अवसर पनि प्रदान गर्ने नेमकुलले बताइन् । रेड कार्पेट इभेन्टमा १४ जना विभिन्न क्षेत्रका चर्चित सेलेब्रिटीहरूले ‘वाक’ गरेका थिए । चार वर्षअघि स्थापना भएको कासा ब्रान्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ । ‘कासा’को मुख्य शाखा पाटन ढोकामा छ भने नयाँ आउटलेट दरबारमार्ग र गैरीधारामा पनि सञ्चालनमा छ ।

सगरमाथामा तेस्रोपटक ‘फेसन सो’ गर्दै
कासाले सन् २०२३ मा सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेस्ट सो’ आयोजना गर्ने भएको छ । यसअघि नै कासाले सगरमाथा क्षेत्रको ‘कालापत्थर’ र ‘गोक्यो’मा फेसन सो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ । ‘द एभरेस्ट सो’मार्फत तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको सञ्चालक गुप्ताले बताए ।