१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १०:०३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्मरणशक्ति बढाउने सूर्य नमस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १०:०३:००

सूर्य नमस्कार : यो आसन बालबालिकाले छुटाउनै नहुने आसन हो । सूर्य नमस्कार नियमित रूपमा १० देखि १२ राउन्डसम्म गरायो भने उनीहरूलाई कुनै एक्सरसाइजको आवश्यकता पर्दैन । यो नमस्कारले बालबालिको स्मरणशक्ति पनि बढाउन सहयोग गर्छ । साथै, बालबालिकालाई कपालभाती, अनुलोम विलोमलगायत प्राणायामहरू पनि गराउनुपर्छ । 

ताडासन : यो योगले शरीरको सन्तुलन मात्रै नभएर मनलाई पनि सन्तुलित राख्न मद्दत पुग्छ । यो आसनको अभ्यास बालबालिकाका लागि राम्रो हुन्छ । 

वृक्षासन : पश्चिमोत्तानासन, हलासन, सर्वाङआसनलागयतका आसन गराउँदा राम्रो हुन्छ । जसले सानो उमेरका बालबालिकालाई शारीरिक विकास र बौद्धिक विकासका लागि सहयोग पुग्छ । यति मात्रै होइन, उचाइ बढाउन र शारीरको सम्पूर्ण सन्तुलन राख्नका लागि सहयोग पुग्छ । उनीहरूको उचाइअनुसारको तौलका लागि यी आसनको अभ्यास गराउँदा निकै उपयुक्त हुन्छ ।