मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर १३ मंगलबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चुनावमा भारतीय गाडी प्रतिबन्धले नेपाली गाडीधनी र चालक हर्षित 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर १३ मंगलबार ११:४०:००

०७४ को निर्वाचनमा विराटनगरका गाडीधनी तेजराज श्रेष्ठले चारवटा आफ्ना स्कार्पियो जिप घरमै थन्क्याएर राख्नुपरेको थियो । सरकारी रेटमा जिप भाडामा दिन्छु  भन्दा पनि उम्मेदवारले लैजान मानेका थिएनन् । त्यतिवेला धेरै उम्मेदवारले सस्ता भारतीय नम्बर प्लेटका गाडी मगाएर प्रयोग गरेका थिए । 

तर, यसपटक सम्पन्न आमनिर्वाचनमा भारतीय गाडीको प्रयोगमा प्रतिबन्ध लागेपछि नेपाली निजी जिपधनी र चालक हर्षित भएका छन् । प्रदेश १ का प्रायः सबै जिल्लामा यसपालि भारतीय गाडी प्रतिबन्ध भएकाले नेपाली जिप नै प्रयोग भए । जसले गर्दा गाडीधनीहरूले एक महिनासम्म राम्रो बिजनेस पाए भने चालकले पनि रोजगार पाए । 

त्यसवेला भारतीय गाडीले गर्दा नेपाली भाडाका जिप प्रयोग नहुँदा  धनीहरू मात्र नभएर चालकहरूसमेत बेरोजगार बन्नुपरेको थियो । जसले गर्दा निजी सवारीचालक र धनीहरूले भारतीय गाडी प्रतिबन्ध लगाउन माग गर्दै आन्दोलन नै गरेका थिए । गाडीधनी तेजराजले भने, ‘यसपालि कुनै समस्या भएन  । सबैको गाडी प्रयोगमा आए, हामी निर्वाचन आयोगलाई धन्यवाद भन्छौँ ।’

प्रहरी प्रशासनका अनुसार निर्वाचन आयोगले आचारसंहिता नै निर्माण गरेर कडाइ गरेकोले यसपालि प्रदेश १ मा भाडाका भारतीय जिपहरू प्रयोग हुन पाएनन् । भारतसँग सिमाना जोडिएको  झापा, मोरङ र सुनसरी जिल्लाका सीमावर्ती निर्वाचन क्षेत्रका उम्मेदवारले समेत नेपाली नम्बर प्लेटका जिपहरू नै प्रयोग गरे । भारतसँग सिमाना जोडिएको जिल्ला मोरङका एसपी शान्तिराज कोइरालाले यसपालि उम्मेदवारहरूले मात्र नभएर कार्यकर्ताहरूले समेत चुनावको  प्रचारप्रसारमा भारतीय जिपहरू प्रयोग गरेकाले खोजी गर्दा पनि एउटा पनि भारतीय गाडी पक्राउ नपरेको बताए । सुनसरीका एसपी प्रभुप्रप्रसाद ढकालले पनि यसपालि भारतीय गाडी प्रयोग भएको फेला नपरेको बताए ।