मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ११:३७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ताप्लेजुङमा किबीको बजार अभाव

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ११:३७:००

हिमाली जिल्ला ताप्लेजुङका किबी उत्पादक कृषक बजार नपाएपछि चिन्तित बनेका छन्। उत्पादन राम्रो भए पनि बजार अभाव भएपछि किबी खेर जाने अवस्थामा रहेको कृषकको गुनासो छ।

जिल्लाको फुङलिङ नगरपालिका– ७ दोखुका कृषक राजकुमार गुरुङले ३० क्विन्टल किबी उत्पादन गरेका छन्। व्यावसायिक रूपमा किबी खेती गरे पनि बर्सेनि बजार अभाव हुने गरेको उनको दुखेसो छ। उत्पादन भएको ३० क्विन्टलमध्ये चार क्विन्टल मात्र बिक्री भएको उनले बताए। ‘नबिकेको कता बेच्ने हो, थाहा छैन,’ उनले भने। बजार नपाएपछि किसानले आफन्त तथा छिमेकी गाउँहरूमा उपहार पठाउने गरेका छन्। केहीले भने लोकल रक्ी पनि बनाउन प्रयोग गर्ने गरेका छन्।

यता, जिल्लाको पूर्वी सिरिजंघा गाउँपालिका– ७ का नरेन्द्र तिवारीले आफूले दुःख गरेर रोपेको किबीले बजार नपाएपछि समस्या भएको बताए। ‘खेतमा रोपेको हुनाले धान रोप्न पनि पाइएन। अब किबी मासेर अन्य बाली लगाउन पनि जराले समस्या हुने भयो,’ तिवारीले भने।

ठूलो मात्रामा किबी कुहिएर जाँदा ठूलो घाटा व्यहोर्नुपरेको फुङलिङकै रमेश गुरुङले बताए। करिब पाँच वर्षअघि महँगोमा बिक्री हुन्छ भनेर रोपेको किबीले अहिले बजार नपाउँदा समस्या भएको छ।  ‘सुरुसुरुमा राम्रो मूल्य पाइन्छ। महँगोमा बिक्री हुन्छ भनेर लगाएको किबी अहिले मिहिनेत र लगानी खेर जाने अवस्था आएको छ,’ रमेशले बताए।

जिल्लामा बजार अभाव त छ नै, कोल्डस्टोरसमेत नहुँदा भण्डारण गर्न पनि समस्या छ। ‘एउटा कोल्डस्टोर भइदिने हो भने पनि किसानले पछिसम्म स्टोर गरेर बेच्न सक्ने अवस्था हुने थियो। तर, जिल्लामा कोल्डस्टोर नहुँदा समस्या भएको छ,’ किसान राजकुमार गुरुङले दुःख व्यक्त गरे।