१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ११:१८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कार्यसमिति चयन गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै अपांग महासंघ

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ११:१८:००

राष्ट्रिय अपांग महासंघको नयाँ कार्यसमिति चयन गर्न अपांगमैत्री विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ। १३ र १४ मंसिरमा नेपालगन्जमा हुने नवौँ महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि अपांगमैत्री विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको महासंघका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिए। 

‘मतदान गर्ने नेत्रहीन मतदाताले भोटिङ मेसिनमा व्यवस्था भएको चुनाव चिह्न छुनेबित्तिकै मेसिनले कुन चिह्न हो भनेर जानकारी दिनेछ। अन्य मतदाताले आफूलाई मन परेको उम्मेदवारको चुनाव चिह्न थिचेर मतदान गर्न सक्नेछन्,’ उनले भने, ‘यो अपांगमैत्री मात्र छैन, छिटोछरितो र भरपर्दो पनि छ।’

महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा महासचिव राजु बस्नेतले महाधिवेशनमा चार सय संस्थाका आठ सय ८७ प्रतिनिधि, दुई सय स्वयंसेवक र दुई सय सहयोगी गरी करिब १४ सय प्रतिनिधि सहभागी हुने बताए। उनले तीन सय ९१ महिला र तीन सय ९६ पुरुष प्रतिनिधिको रूपमा छनोट भई नेपालगन्ज आएकाे जानकारी दिए। नेपालगन्ज सहरभित्रका होटेल अपांगमैत्री नभएकाले बजारभन्दा तीन किलोमिटर दक्षिणमा रहेको ‘मेरो प्लानेट’मा कार्यक्रम आयोजना गरिएको बस्नेतले बताए।