मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १३ मंगलबार १०:४२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मैदानमा धेरै समय बिताउने पाब्लो

चार विश्वकप खेलेका इटालीका लेफ्ट ब्याक पाब्लो माल्दिनीले मैदानमा दुई हजार दुई सय १७ मिनेट बिताए

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार १०:४२:००

इटालीका लेफ्ट ब्याक सेन्टरका खेलाडी पाब्लो माल्दिनीको नाममा विश्वकपमा एउटा रेकर्ड छ । सम्भवतः उनले बनाएका रेकर्ड तोड्न मुस्किल नै छ । पाब्लोले चार विश्वकप खेल्दा मैदानमा सबैभन्दा धेरै समय बिताए । उनले दुई हजार दुई सय १७ मिनेट मैदानमा प्रतिस्पर्धा गरे । सन् १९९० को विश्वकपमा उनले डेब्यु गरेका थिए । इटालीले आयोजना गरेको विश्वकपमा पश्चिम जर्मनी विजेता बनेको थियो । डेब्यु विश्वकपमा पाब्लोले सेमिफाइनल स्थान पक्का गरे ।

सन् १९९४ को विश्वकपमा इटाली फाइनलसम्म पुग्दा पाब्लो मैदानमा खुबै जमेका थिए । डिफेन्स लाइनमा पकड जमाएका पाब्लोले अन्य खेलाडीलाई डिबक्सभित्र खासै चल्न दिएका थिएनन् । सो विश्वकपमा इटालीले नकआउट चरणदेखि नै रक्षात्मक खेल खेलेको थियो । रक्षात्मक रणनीति अपनाउँदा पाब्लोले डिफेन्स लाइनमा खुबै व्यस्त भएका थिए । सन् १९९४ को विश्वकपमा इटालीले समूह चरणमा शतप्रतिशत नै नतिजा निकाल्यो । प्रिक्वार्टरफाइनलमा इटालीले नर्वेलाई हरायो । क्वार्टरफाइनलमा इटालीले फ्रान्सको सामना गरेको थियो । पेनाल्टी सुटआउटमा इटाली फ्रान्ससँग पराजित भयो । 

एसियाली भूमिमा पहिलोपटक आयोजना भएको विश्वकप फुटबलमा इटाली समूह ‘जी’मा परेको थियो । इटाली उपविजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुग्यो । नकआउट चरणमा इटालीको प्रतिद्वन्द्वी दक्षिण कोरिया रह्यो । दक्षिण कोरियाले पहिलोपटक क्वार्टरफाइनल स्थान पक्का गर्ने क्रममा इटालीलाई हरायो । यससँगै इटालियन फुटबलकै लिजेन्ड खेलाडी माल्दिनीले आफ्नो अन्तिम विश्वकप यात्रा प्रिक्वार्टरफाइनलसम्म राखे ।

चारपटक विश्वकपमा सहभागिता जनाउँदा पाब्लोले प्रेरणादायी खेल प्रदर्शन गरेका थिए । डिफेन्स लाइनमा उनी हुँदा फिनिसिङ खेलाडी मजाले अगाडि बढ्थे । फुटबल करिअरमा उनी सिरि ए क्लब एसी मिलानबाट मात्रै खेले । मिलानबाट सन् १९८५ देखि २००९ सम्म खेल्दा उनले ६ सय ४७ खेलमा २९ गोल गरे । इटालीको राष्ट्रिय टोलीबाट उनले १९८८ देखि २००२ सम्म खेले ।