मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार १०:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरमै गर्न सकिन्छ एरोबिक्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार १०:१८:००

एरोबिक्स हिँडेर, साइक्लिङ गर्दै, नाचेर वा दौडेर पनि गर्न सकिन्छ । जसरी पनि गर्न सकिने भएकाले नै यो निकै लोकप्रिय भएको हो । अमेरिकाबाट सुरु भएको एरोबिक्स अहिले विश्वभर प्रसिद्ध छ । नेपालमा पनि यो अभ्यास गर्नेको संख्या बढ्दै छ ।

यो अभ्यासका लागि ट्रेनिङ सेन्टर नै जानुपर्छ भन्ने छैन । घरमै बसेर पनि गर्न सकिन्छ । तर, घरमा अभ्यास गर्नुअघि प्रशिक्षकसँग यसबारे पर्याप्त तयारी लिन भने जरुरी छ । अन्यथा, तौरतरिका बिग्रँदा यसको प्रभाव उल्टो पनि हुन सक्छ । 

- एरोबिक्स जुनसुकै समयमा गर्न सकिन्छ । तर, बिहानको समयमा गर्दा नतिजा राम्रो आउँछ । 
- एरोबिक्स गर्नुअघि शरीरलाई पाँच मिनेटजति हल्का वार्मअप गर्नुपर्छ । 
- एरोबिक्स डान्स आधा घन्टा वा त्यसभन्दा लामो समय गर्ने गरिन्छ । यो अभ्यासका दौरान विभिन्न गीतका स्टेपमा प्रशिक्षकले नचाउँछन् । समूहमा बसेर गर्दा मानिसलाई रमाइलो महसुस पनि हुन्छ ।