मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका दार्चुला
२०७९ मङ्सिर १२ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्याका आरोपी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७९ मङ्सिर १२ सोमबार १७:०१:००

दार्चुलाको व्यास गाउँपालिका– ४ का नरसिंह विष्टको हत्यामा संग्लन रहेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। मंसिर ३ गते भएको हत्याका आरोपी सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

चुनावमा मत हाल्न गाउँ गएका वेला नरसिंहको निर्वाचनको अघिल्लो रात हत्या भएको थियो। हत्या भएको ६ दिनपछि स्थानीयले शव उठाएका थिए। जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुक पेजमार्फत आरोपी दीपकलाई सार्वजनिक गरेको हो।

१० वर्षदेखि सदरमुकाम खलंगामा होटेल व्यवसाय गर्दै आएका दीपक मतदानका लागि गाउँ गएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृतक नरसिंह र आरोपी दीपकले मदिरा सेवन गरेका वेला विवाद भएको पाइएको छ। ‘तिंकर सडकखण्डमा दुवैबीच मदिरा सेवन गरेको अवस्थामा विवाद भएको देखिन्छ,’ शाहीले भने, ‘विवाद हुँदा दीपकले नरसिंहको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको स्विकारेका छन्।’

आरोपीमाथि प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानका क्रममा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।