मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १२ सोमबार ११:३४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

जिउन सिकाउने ‘जोय अफ लिभिङ’

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ११:३४:००

मैले पछिल्लो समय अध्ययन गरेको पुस्तक जिउनुको मजा (जोय अफ लिभिङ) हो । यो आध्यात्मिक पुस्तक हो । पुस्तक योंगे मिङग्युर रिन्पोछेले ब्रेनको अनुसन्धान गरेर लेखेका छन् । यो पुस्तकलाई डा. सरोज  धितालले नेपालीकरण गरेका छन् । 

पुस्तकमा ब्रेनको इन्फर्मेसनकै आधारमा शरीर चल्छ भन्ने कुरा छ । मानिसले ब्रेनलाई गाइड गरेर त्यसले दिने इन्फर्मेसनलाई पनि परिवर्तन गर्न सक्छ भन्ने कुरा मैले यो पुस्तक पढेपछि बुझेँ । यो सबैले पढ्नुपर्ने पुस्तक हो । 

बजारमा आएका सबै पुस्तक पढेर साध्य पनि हुँदैन । साथीहरूको सिफारिसमा पुस्तक पढ्छु । कुनै आफूलाई मन परेको पुस्तक छ भने आफैँ पनि किनेर पढ्छु । डा. भगवान कोइरालाको ‘हृदय’ पढ्ने योजना बनाएको छु । पुस्तक किनिसकेको छु । तर, पढ्न पाइरहेको छैन । सिनेमा निर्माणको कारणले पुस्तक पढ्ने फुर्सद मिलिरहेको छैन ।