मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर १२ सोमबार ११:४८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा यी दलले समानुपातिकतर्फ सय मत पनि कटाएनन्

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर १२ सोमबार ११:४८:००

४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा अधिकांश राजनीतिक दलले सय मतसमेत कटाउन सकेनन्। निर्वाचनमा भाग लिएका प्रतिनिधिसभाका ४७ मध्ये ३६ र प्रदेश सभाका ३४ मध्ये २२ दलले सय मत नकटाएका सहायक निर्वाचन अधिकृत ताराप्रसाद शर्माले जानकारी दिए।

संघीयतर्फ क्षेत्र नम्बर १ मा ३६, २ मा २४ र ३ मा २८ तथा प्रदेशतर्फ क्षेत्र १ मा १६, २ मा २२ र ३ मा १६ राजनीतिक दलले सय मत कटाउन सकेनन्। संगठन नभएका र जनतामा परिचित नभएका राजनीतिक दलहरूले चिन्ताजनक मत ल्याएका छन्।

संघीयतर्फ क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः जसपा नेपालले ५१ र ९४, नेमकिपा ५७, जनमत पार्टी ९४ र ७३, मौलिक जरोकिलो १९, २३ र ७९, नेपाल समावेशी पार्टी १३, ३३ र १३, हाम्रो नेपाली पार्टी ६६, जनता प्रगतिशील पार्टी ११, २५ र २७, राप्रपा नेपाल १३, ४७ र ४९, मंगोल नेसनल अर्गनाइजेसन १९, २२ र ११, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४७, ३९ र ४७, नेसनलिस्ट पिपल्ल पार्टी ४, ९ र १७, नेकपा समाजवादी माओवादी ७१ र ७ राष्ट्रिय नागरिक पार्टी ४४, नेपालका लागि हाम्रो नेपाल पार्टी १७, नेपाल लोकतान्त्रिक पार्टी ८, राष्ट्रिय जनमुक्ति पार्टी २२, २५ र ६, नेपाली कांग्रेस विपी १५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७, २१ र १६, बहुजन शक्ति पार्टी नेपालले ५, २४ र १४ मात्र मत पाएका छन्।

यसैगरी, विवेकशील साझा पार्टी १३, १८ र १७, नेपाल संघीय समाजवादी पार्टी २६ र ८, समाजिक एकता पार्टी ३, ५४ र ८, नेपाल आमा पार्टी १५, ७० र ४, नेपाल जनता दल १५ र ९, जनसमाजवादी पार्टी नेपाल ३९ र १२, एकीकृत शक्ति नेपाल ७, १० र १४, नेपाल संघीय समाजवादी पार्टी ७, १० र १४, जनजागरण पार्टी ५२, १७ र २४, नेपाल दलित पार्टी १६, ३४ र १७, आमूल परिवर्तन पार्टी नेपाल १७, १२ र ८, सचेत नेपाली पार्टी २४, २२ र ५२, नेपाली जनता दल ६०, ८८ र ४७, जनसमाजवादी नेपाल ४२, २४ र ३३, मितेरी पार्टी ३, नेपाल मार्क्सवाद (पुष्पलाल) २६, तमलोपा ७, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २८ मत पाएका छन्। तीन लाख दुई हजार पाँच सय नाै मतदातामध्ये संघतर्फ जिल्लाभरि एक लाख ८७ हजार चार सय २९ मत खसेको थियो।

यता, प्रदेशतर्फ पनि दर्जनौँ राजनीतिक दलले सय मत कटाउन सकेनन्। क्षेत्र १, २ र ३ मा क्रमशः मौलिक जरोकिलो ४६ र ८८, जनता प्रगतिशील पार्टी नेपाल २०, ६५ र ९१, नेकपा माओवादी समाजवादी ७२, २५ र ३७, राष्ट्रिय नागरिक पार्टी ७१, नेपालका लागि नेपाली पार्टी ४१, ५९ र ५२, राप्रपा नेपाल ३१ र १३, नेकपा माले ३०, मंगोल नेसनल अर्गनाइजेसन १६, ९ र ३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०, नेपाल मजदुर किसान पार्टी ८० र २९, नेसनलिस्ट पिपल्स पार्टी ६, ३ र ८३, नेपाल लोकतान्त्रिक पार्टी ४०, १६ र १७, राष्ट्रिय जनमुक्ति पार्टी १५, ६ र १९, नेपाली कांग्रेस बिपी ३९ र ६१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) १५, ८ र १९, बहुजन शक्ति पार्टी २३, ८ र २१, विवेकशील साझा पार्टी ४८, २० र ४८, नेपाल संघीय समाजवादी पार्टी ८, २ र ९, जनजागरण पार्टी नेपाल ७५, १५ र ३७, नेपाल जनता दल ७२, ६० र ६६, जन समाजवादी पार्टी नेपाल ८२, १५ र ५५ तथा नेपाल सुशासन पार्टीले ७० र ४१ मत ल्याएको छ। जिल्लाका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रतर्फ एक लाख २८ हजार आठ सय ८६ मत खसेको थियो।

जिल्लामा यसपटक पनि नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। अघिल्लोपटक पनि कांग्रेस समानुपातिकतर्फ कञ्चनपुरमा पहिलो दल बनेको थियो। समानुपातिकमा पहिलो भएको कांग्रेसले ५३ हजार ३०, दोस्रो एमालेले ४४ हजार आठ सय २२, तेस्रो माओवादी केन्द्रले २१ हजार आठ सय ३७, चौथो राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार चार सय २४, पाँचौँ राप्रपाले १२ हजार नाै सय ४५, छौटौँ नागरिक उन्मुक्ति पार्टीले आठ हजार एक सय ३९ र सातौँ भएको एकीकृत समाजवादीले ६ हजार नाै सय ५५ मत पाएको छ।