मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १२ सोमबार ११:२३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

विवाहको मौसम : युवतीको रोजाइमा मेहदीका यस्ता डिजाइन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ११:२३:००

विवाह पार्टी र विभिन्न सांस्कृतिक समारोहमा सहभागी हुँदा महिलाले सुहाउँदो मेहदी लगाउन रुचाउँछन् । आफूलाई मन परेको डिजाइनमा मेहदी लगाएर हातखुट्टालाई सजाउन सकिन्छ । 

ब्राइडल डिजाइन : यो नितान्त विवाहको वेलामा बेहुलीका लागि लगाइने डिजाइन हो ।
बेँगल डिजाइन : यसलाई हातखुट्टामा लगाइने बृहत् डिजाइन मानिन्छ । हुन त खुट्टामा झपक्कै देखिने प्रकारको डिजाइन बेँगल डिजाइन हो । यसमा विभिन्न प्रकारका फूलबुट्टा बनाइन्छ ।

वान लाइन डिजाइन : यो एकधर्के प्रकारको डिजाइन हो । यो डिजाइनमा एकसरो लामो प्रकारको फूलबुट्टा तथा माछिकाँडे डिजाइनहरू बनाइन्छ ।

पार्टी मेहदी : पारम्पारिक मेहदीभन्दा यो केही फरक हुन्छ । यो मेहदीमा विभिन्न टल्कने सामग्री मिसावट गरिन्छ । जसका कारण यस्तो मेहदीको फूलबुट्टा तथा डिजाइन पार्टीमा रातिको समयमा टल्कने र अझ आकर्षक देखिन्छ । सोही कारण यसको नाम पार्टी डिजाइन मेहदी राखिएको हो ।

ब्ल्याक ब्राउन मेहदी डिजाइन : यो ट्याटुको स्टाइलमा बनाउने मेहदी डिजाइन हो । यो डिजाइन लामो समयसम्म रहने हुँदा यसको पनि प्रचलन बढेको छ । पछिल्लो समय अधिकांश युवतीले यस्तो प्रकारको डिजाइन प्रयोग गर्दै आएका छन् ।