Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १२ सोमबार १०:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रंगमञ्चमा भुटानी शरणार्थीको कथा

निटफेस्ट २०२२

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार १०:५५:००

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री : वन मोदर’ तथा रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको छ । 

क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्री : वन मोदर’ लाई नीमा बल, क्याटी बेक र बेन्जामिन रेक्सरोडले लेखेका हुन् । यसमा सन् १९९० देखि २००० को बीचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपछि शरणार्थीको रूपमा नेपाल आएर अमेरिका पुगेका मानिसको कथा प्रस्तुत गरिएको छ । कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा दिदी–भाइको कथालाई लोकशैलीमा प्रस्तुत गरिएको थियो । यो नाटक हेर्न अभिभावकहरू आफ्ना नानीबाबुका साथ नाटकघर आइपुगेका थिए । 

आइतबार साँझ रसिक राजको पर्फर्मेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।

मंसिर १७ सम्मचल्ने नाट्य महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्  

आज  के–के हुँदै छ ?
आज महोत्सवमा दुई नेपाली नाटक प्रस्तुत हुँदै छन् । त्यस्तै, कार्यशाला तथा प्यानल डिस्कसनको कार्यक्रम पनि रहेको महोत्सवकी संयोजक विजया कार्कीले जानकारी दिइन् । केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङ’ मध्याह्न १२ र दिउँसो ४ बजे मञ्चन हुने समय तालिका छ । त्यस्तै, साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । दिउँसो २ बजे मण्डला स्टुडियोमा ‘कला तथा रंगमञ्चमा अपंगता भएकाको समावेशीकरण’ विषयक कार्यशाला हुनेछ । त्यस्तै, साँझ ७ः३० बजे ‘काठमाडौंबाहिर नेपाली रंगमञ्चको चुनौती’ विषयमा प्यानल डिस्कसन हुनेछ ।