१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १२ सोमबार १०:१७:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

हतियार उत्पादन क्षमता बढाउने होडमा पूर्वी युरोप

रुस–युक्रेन युद्धले भौतिक तथा अन्य क्षतिसँगै हतियार उद्योगमा अवसर पनि सिर्जना गरेको छ

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १२ सोमबार १०:१७:००

पूर्वी युरोपका हतियार उद्योगले तोप, तोपका गोली र अन्य सैन्य सामग्री धमाधम उत्पादन गरिरहेका छन् । शीतयुद्धपछि उत्पादनको यो तीव्रता खासै देखिएको थिएन । यस क्षेत्रका सरकारले रुसविरुद्ध लड्न युक्रेनलाई सहयोग गर्ने प्रयासस्वरूप उत्पादन गरेका हुन् ।

गत फेब्रुअरीदेखि सुरु भएको रुस–युक्रेन युद्धमा मित्रराष्ट्रहरूले हतियार तथा सैन्य सामग्री युक्रेनतिर पठाइरहेका छन् । संयुक्त राज्य अमेरिका र ब्रिटेनले जनवरी २४ र अक्टोबर ३ बीच युक्रेनलाई सैन्य सहयोग गर्ने प्रतिबद्धता गरिसकेका छन् । यस्तो सहयोग गर्नेमा पोल्यान्ड तेस्रोमा छ भने नवौँ स्थानमा चेक रिपब्लिक छ । 
रुसदेखि सावधान सोभियत युग मास्टर, पूर्ववार्सा सन्धिजस्ता देशले अझै पनि युक्रेनलाई क्षेत्रीय सुरक्षाको विषयमा गरिएको सहयोगलाई हेरिरहेका छन् । तर, दर्जनौँ सरकार र कम्पनीका अधिकारी तथा विश्लेषकका अनुसार द्वन्द्वको अन्य क्षतिसँगै क्षेत्रीय हतियार उद्योगमा अवसर पनि सिर्जना गरेको छ । 

पिजिजेड पोल्यान्डका सिइओ सेबास्तियान च्वालेकका अनुसार युक्रेनमा जारी युद्धको वास्तविकता र सुरक्षा बजेटको क्षेत्रमा बढ्दो खर्चको उद्देश्यले अधिकांश देशको दृष्टिलाई ध्यानमा राख्दै नयाँ बजारमा प्रवेश गर्न र आगामी वर्ष निर्यातको राजस्व बढाउने वास्तविक मौका हो । राज्यको स्वामित्व रहेको पिजिजेडले ५० भन्दा बढी हातहतियार बनाउने कम्पनीलाई नियन्त्रण गर्छ । 

अहिले पिजिजेडले आगामी दशकसम्म १.८ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । युद्धपूर्वको लक्ष्यभन्दा यो रकम दोब्बर हो । यसमा सुरक्षाका कारणले रुसको सहयोगी राष्ट्र बेलारुसको सीमाभन्दा अगाडि नयाँ सुविधा रहेको च्वालेकको भनाइ छ । अन्य कम्पनीहरूले पनि उत्पादन क्षमता बढाएका छन् । क्षमता बढाउनकै लागि पोल्यान्ड, स्लोभाकिया र चेक रिपब्लिकका कम्पनी र सरकारी कार्यालयले श्रमिक भर्ती गर्न हानथाप गरेका छन् । 

हतियार उत्पादनको क्षमता बढाउनकै लागि पोल्यान्ड, स्लोभाकिया र चेक रिपब्लिकका कम्पनी र सरकारी कार्यालय श्रमिक भर्ती गर्न हानथाप गरिरहेका छन् 
 

युक्रेनमाथिको रुसी आक्रमणलगत्तै किभले पश्चिमबाट नाटो स्ट्यान्डर्ड उपकरणको प्रतीक्षा गरिरहँदा केही पूर्वी युरोपियन सैनिक र उत्पादन कम्पनीले सोभियत युगका हतियार रहेको गोदाम खाली गर्न थाले । पुरानो स्टक सकिन थालेपछि हतियार निर्माता कम्पनीले आपूर्ति जारी राख्न नयाँ र पुराना हतियारको उत्पादन बढाएका छन् । निरन्तरको हतियार प्रयोगले रुसी शक्तिलाई पछाडि धकेल्न तथा मिचिएको सीमा दाबी गर्न सहयोग गरेको छ ।

सन् २०२३ मा पिजिजेडले एक हजार पोर्टेबल पाइरन म्यानप्याड हवाई सुरक्षा सिस्टम उत्पादन गर्नेछ । यो सबै युक्रेनका लागि भने होइन । उक्त कम्पनीले युक्रेनका लागि ठूला गन, मोर्टर सिस्टम, बुलेटप्रुफ भेस्ट, साना हतियार तथा मिसाइल पठाएको छ । यो भनेको सन् २०२२ को युद्धपूर्वको लक्षित राजस्व ६.७४ अर्ब ज्लोती (पोल्यान्डको मुद्रा) नाघेको छ ।

तर, कम्पनी र सरकारी कार्यालयले युक्रेनका लागि पठाएको सैन्य आपूर्तिको विस्तृत विवरण दिन अस्वीकार गरेका छन् । पूर्वी युरोपका हतियार उद्योगले हामीलाई १९औँ शताब्दीतिर लैजान्छन् । त्यतिवेला अस्ट्रो–हंगेरियन सम्राटका लागि चेकका एमिल स्कोडाले हतियार बनाउन थालेका थिए । समाजवादको छातामुनि चेकोस्लोभाकियामा भएका विशाल उत्पादन कम्पनी वार्सा–सन्धिको दोस्रो ठूला हतियार उद्योग थिए । पोल्यान्ड र जहाँतहीँका क्षेत्रमा मानिसले रोजगारी पाएका थिए । शीतयुद्धका लागि हतियार आउँदा मस्को विश्वसँग उत्तेजित थियो ।

नाटो दूत जाकुब लान्दोभ्स्कीका अनुसार चेक रिपब्लिक हतियार निर्यातकको पावरहाउस थियो । साथै, उत्पादन बढाउन जनशक्ति र सामग्रीको आधारसमेत थियो । ‘सोभियत युगको स्टक युक्रेनका लागि खाली गरेपछि यो चेकका लागि उत्पादन बढाउने सुनौलो अवसर हो,’ जाकुबको भनाइ छ, ‘यसले अरू देशलाई हामी हतियार उद्योगमा विश्वसनीय छौँ भन्ने पनि देखाउँछ ।’

व्यापार मात्रै होइन : पूर्वी युरोपियन देशले युक्रेनलाई दिगो रूपमा साथ दिइरहेका छन् । यो समय उनीहरूका लागि सैन्य सामग्री उत्पादन उद्योग बढाउने अवसर पनि रहेको किएई इन्स्टिच्युटका प्रोफेसर क्रिस्टोफ त्रेबेचको भनाइ छ । त्यसो त युक्रेनले चेकका कम्पनीहरूमार्फत २.१ अर्ब डलरबराबरको हतियार तथा उपकरण सहयोग प्राप्त गरिसकेको छ । यसमा करिब ९५ प्रतिशत व्यावसायिक प्रयोजनका लागि छन् । यो वर्ष चेकको हतियार निर्यात सन् १९८९ पछिकै सर्वाधिक हो । ‘युक्रेनमा जारी युद्ध र स्पष्ट सहयोगले चेकको हतियार उद्योग फस्टाएको छ, जुन पछिल्लो ३० वर्षमा सुस्त थियो । 

चेकस्थित एसटिभी ग्रुपका कार्यकारी प्रमुख डेभिड ह्याकका अनुसार साना क्यालिबर मिसाइलको नयाँ उत्पादन गर्ने योजना रहेको छ । यस्तै, सानाबाट ठूलो क्यालिबरको क्षमता विस्तार गर्नेतिर पनि सोचिएको छ । कसिलो श्रम बजारमा कम्पनीले सुस्त कार इन्डस्ट्रीबाट श्रमिकलाई तान्ने कोसिस गरेको छ । रुस युद्ध सुरु भएपछि युक्रेनमा उक्त कम्पनीको डेलिभरी बढेको छ । कम्पनीले हाल १५५ एमएम नाटो र १५२ एमएम इस्टर्न क्यालिबर राउन्डको उत्पादन बढाएको छ । यस्तै, स्थल सेनाका युद्ध–साधन नवीकरण पनि गरेको छ । 
रोयटर्स