Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७५ चैत १८ सोमबार १०:३८:००
Read Time : < 1 मिनेट
समाचार

ताप्लेजुङको जंगालमा मानव कंकाल फेला

Read Time : < 1 मिनेट
२०७५ चैत १८ सोमबार १०:३८:००

जिल्लाको सिरिजंघा गाउँपालिका ३ सिकैचामा कपडासहितको मानव कंकाल फेलापरेको छ । सिंकैचाको जंगलमा पुरुषको जस्तो देखिने कंकाल फेला परेको जिल्ल प्रहरी कार्यालय प्रमुख डिएस्पी संजयसिंह थापाले बताए । 

हलो बनाउने काठ काट्न जंगल गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल कस्को हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ । कपाल फुलेको, कालो ज्याकेट लगाएको, कलेजी रंगको सुरुवाल लगाएको साथै जुत्ता लगाएको अवस्थामा फेला परको कंकाल दुई दिनदेखि ईलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको प्रहरीले जनाएको छ ।