मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७९ मङ्सिर १२ सोमबार ०८:२९:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

हिन्दी भाषालाई देशव्यापी बनाउने प्रस्तावको विरोधमा आत्मदाह

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
२०७९ मङ्सिर १२ सोमबार ०८:२९:००

हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँदिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीयले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् । 

आत्मदाह गर्दा उनले तमिल भाषाको “मोदी सरकार हिन्दी थोपर्न बन्द गर । हामीले साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नुपर्‍यो ? यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ,” लेखिएको प्लेकार्ड बोकेका थिए ।

सयौँ भाषा बोलिने भारतमा भाषा निकै भावनात्मक मुद्दा हो । सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीयले मात्रै हिन्दी बोल्न सक्छन् । तर, गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षालगायतमा हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो । हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अंग्रेजीको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदै आएका छन् । 

यसले दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न गरेको छ । थंगावेलले शनिबार तमिलनाडुको सत्तारूढ डिएमके पार्टीको सलेमस्थित कार्यालयबाहिर केन्द्र सरकारको उक्त प्रस्तावविरुद्ध प्रदर्शन गरेका थिए । यसअघि सन् १९६० को दशकमा पनि तत्कालीन सत्तारूढ कांग्र्रेस पार्टीले हिन्दीभाषालाई आधिकारिक राष्ट्रिय भाषा बनाउन खोजेपछि दक्षिण भारतमा आक्रोश उत्पन्न भएको थियो ।