मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार १५:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार बढेसँगै कारोबार रकममा सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार १५:४५:००

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ बिन्दुमा बन्द भएको छ। यस दिन नेप्से सूचक एक हजार नौ सय ३४ दशमलव ४१ को न्यूनतम बिन्दुबाट बजार एक तह पार गरेर फर्किएको थियो।

यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ३४ अंकले बढेर तीन सय ८६ दशमलव २६ बिन्दुमा बन्द भएको छ। 

राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको समीक्षा सर्वजनिक गर्ने बताएको छ। समीक्षालाई लिएर लगानीकर्तामा परेको सकारात्मक प्रभावले पनि बजार बढाउनलाई भूमिका खेलेको लगानीकर्ताहरू बताउँछन्। मौद्रिक नीतिको समीक्षा पुँजी बजारका नीतिगत सुधार भएर आउने अपेक्षा लगानीकर्ताहरूको छ। 

नेप्से सूचक बढेसँगै कारोबार रकम पनि बढेको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। 

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल दूरसञ्चार कम्पनी, शिवम् सिमेन्ट र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर ६ करोड रुपैयाँदेखि ४५ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये मिचुअल फन्ड समूहको सूचक घटेको छ भने १२ वटा समूहको सूचक बढेको छ। माइक्रोफाइनान्स समूहको सूचक तीन प्रतिशतले बढेको भने फाइनान्स समूहको सूचक दुई दशमलव २३ प्रतिशतले बढेको छ।