मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार १५:२३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

लैंगिक हिंसाविरुद्ध ‘निर्दोष पन्छी’ (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार १५:२३:००

‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार काठमाडौंको माइतीघर मण्डलामा कला प्रदर्शनी गरिएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसाविरूद्ध सचेतनामूलक  कार्यक्रमको क्रममा आभा फर क्रियटिभिटी समूहले ‘निर्दोष पन्छी’ नामक नाटक प्रदर्शन गरेको हो।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीनजना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । 

उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ। एकै परिवारका तीनजना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।