Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ मङ्सिर ११ आइतबार १०:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामेछापबाट कांग्रेसका पूर्णबहादुर तामाङ फराकिलो मतान्तरले विजयी

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ मङ्सिर ११ आइतबार १०:५७:००

एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा लोकतान्त्रीक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ मतको फराकिलो मत अन्तर पारेर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् । 

आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार कांग्रेसका उम्मेदवार तामाङले ४७ हजार ९९ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७ सय ३० मत प्राप्त गरेका छन् । 

यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तामाङ नेपाली कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फको सूचीमा पनि उनको नाम परेको थियो । त्यस्तै, २०७४ सालको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका तामाङ वाम गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए । 

यसैगरी यसपटकको प्रतिनिधिसभा सदस्यमा पराजित बनेका एमालेका नेता ढुंगेल २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । बामगठबन्धनवाट निर्वाचित भएका उनी करिब साढे तीन वर्ष बागमती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । 

उनी २०५६ सालको प्रतिनिधिसभा, २०६४ र २०७० को संविधानसभामा नेकपा एमालेको तर्फबाट उम्मेदवार भई पराजित हुन पुगेका थिए । उनी यसपटकको निर्वाचनमा पनि सोही क्षेत्रबाट संघीय संसद् पदमा पराजित हुन पुगेका छन् । 

यसैगरी, रामेछापबाट बागमती प्रदेश सभा सदस्य पदमा दुवै निर्वाचन क्षेत्रवाट लोकतान्त्रिक गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका प्रदेश सभा क मा तारानारायण श्रेष्ठ र प्रदेश सभा ख मा युवराज चौलागाईं विजयी भएका छन् । प्रदेश (क )मा श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरे । 

त्यस्तै, प्रदेश (ख) तर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवराज चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।