Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १० शनिबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १० शनिबार १८:३५:००

इलाम २ को मतगणना स्थगित भएकाे छ। प्रतिनिधिसभा सदस्यका लागि भएकाे निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ। 

इलाम नगरपालिकाका– १ को मतगणना बाँकी रहँदासम्म नेम्वाङ १३० मतले अघि देखिएका छन्। मतगणनाका लागि अन्तिम वडाका रूपमा रहेको २ को गणना चलिरहेका वेला कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो।

गणनास्थलमा अहिले कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरिहेका छन्। अब करिब एक हजार जति मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।