१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
समाचार डिजिटल संस्करण

ढुंगामुढा र कुटपिटविरुद्ध बन्द गोलबजार खुल्यो, राजमार्ग सुचारु

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १० शनिबार १७:१८:००

ढुंगामुढा र कुटपिट विराेधमा बन्द रहेकाे सिरहाकाे गोलबजार क्षाेत्र खुलेकाे छ। बजार खुलेसँगै पूर्व-पश्चिम राजमार्ग सुचारु भएकाे छ। 

सिरहा ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि विजेता लिलानाथ श्रेष्ठसहितको विजय र्यालीमा रहेकाहरुले निकटत् प्रतिद्वन्द्वीका रुपमा रहेका निवर्तमान मेयरको घरमा ढुंगामुढा र स्थानीयलाई कुटपिट गरेको विरोधमा शनिबार बिहानदेखि बन्द रहेको गोलबजार शनिबार अपरान्हदेखि खुलेको छ। 

पूर्व–पश्चिम सडकको गोलबजार खण्डको अवरोध र बन्द बजार शनिबार अपरान्ह करिब साढे ३ बजेदेखि खुलेको हो। सडक सुचारु भएसँगै गोलबजारको पूर्व गागन र पश्चिम मैनाबत्ती खोलासम्म बिहानदेखि रोकिएका सयौं साना ठूला सवारीसधान र मालबाहक ट्रकहरु गन्तव्यतर्फ हिंडेका छन्।

‘बिहानदेखि रोकिएका सवारीसाधन र निर्दोष यात्रुहरुको बिजोग भएपछि मानवीयताको आधारमा अवरोध खुलाइएको हो’ माओवादी केन्द्र गोलबजारका उमेश बरालले भने ‘एमालेले क्षमायाचाना नगरेसम्म अर्को स्वरुपको आन्दोलन गर्नेछौँ।’ 

जितको उन्मादमा एमाले कार्यकर्ताहरुले निकटत् प्रतिद्वन्द्वी विश्वनाथ साहका दाजु तथा गोलबजार नगरका निवर्तमान मेयर देवनाथ साहको गोलबजारस्थित शिवचोक नजिक रहेको घरमा शुक्रबार साँझ करिब साढे ६ बजतिर ढुंगामुढा गरी घरको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गर्ने स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी घाइते बनाएका थिए। 

घटनाको विरोधमा तत्काल स्थानीय र माओवादी कार्यकर्ताहरुले शुक्रबार साँँझ साढे ७ बजेदखि पूर्व पश्चिम सडकको गोलबजार खण्डमा टायर बालेर राती १० बजेसम्म सडक अवरुद्ध गरेका थिए। 

श्रेष्ठद्वारा दुःख व्यक्त

आफ्नो कार्यकर्ताको कारणले सयौँ सवारी साधन सडकमा रोकिनुका साथै यात्रुहरु अलपत्र परेपछि ३ नं. क्षेत्रका निर्वाचित श्रेष्ठले शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना र घटनामा संलग्न व्यक्तिहरुको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। 

विज्ञप्तिमा स्थानीय धमिनीमाई मन्दिर पुगेर २ (ख) मा निर्वाचित शत्रुधन प्रसाद सिंहलाई भेट गर्न जाने क्रममा पूर्वमेयर देवनाथ साहको घर अगाडि केही व्यक्तिले ३ (क) बाट निर्वाचित मनोजकुमार सिंहको गाडीमा हानेको ढुंगाले सिसा फुटेको र मेयरको घरको सिसा फुटेको उल्लेख छ। 

निर्वाचित श्रेष्ठको विजय जुलुश निवर्तमान मेयर साहको घर अगाडि आएपछि पटाका पड्काउँदै घरमा ढुंगा प्रहार गरेको कुटपिटमा घाइते भई अस्पतालमा उपचाररत श्रीचनले बताए। 

उनले धमिनीमाई मन्दिरदेखि करिब एक सय मिटर पूर्व बलकवा जाने सडकको मुखैमा रहेको सिंहको घरमा जान त्यहाँदेखि करिब डेढ सय मिटर पूर्व पर्ने पूर्व मेयर साहको घरमा पुग्नै नपर्ने भएकाले विज्ञप्तिमा उल्लेखित घटनाक्रमको ब्यहोरा झुठो रहेको बताए।