१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर १० शनिबार १२:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा मिश्रित चुनावी परिणाम

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर १० शनिबार १२:१३:००

४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम कञ्चनपुरमा मिश्रित आएको छ। कञ्चनपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्र तथा एमाले–राप्रपाबिचको दुई गठबन्धन प्रतिस्पर्धामा थिए। कांग्रेस–माओवादीले जिल्लाका सबै क्षेत्रमा गठबन्धन गर्दा एमाले–राप्रपाले तीन क्षेत्रमा गठबन्धन गरेका थिए।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेका तारालामा तामाङ तथा २ र ३ मा कांग्रेसका क्रमशः एनपी साउद र रमेश लेखक निर्वाचित भएका छन्। तामाङ सुदूरपश्चिम प्रदेशमा पूर्वअर्थमन्त्री, साउद संघका पूर्वसिंचाईमन्त्री र लेखक संघकै पूर्वभौतिकमन्त्री भइसकेका नेता हुन्। लेखक र साउद ०५६, ०७० मा निर्वाचित भएका थिए। लेखक ०६४ मा समानुपातिकमा पर्दा साउद ०६४ र ०७४ मा पराजित भएका थिए।

प्रतिनिधिसभा १ को प्रदेश सभा (क)मा एमाले कञ्चनपुरका पूर्वअध्यक्ष वीरबहादुर थापा (पातल)  र (ख)मा संविधानसभा सदस्य दिवान सिंह विष्ट, २ (क)मा ओमविक्रम भाट(सरल), २ (ख)मा संविधान सभा सदस्य बहादुर सिंह थापा तथा ३ (क)मा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मन्त्री प्रकाश रावल र ३ (ख)मा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

पहिलोपटक चुनाव लडेका र सबैभन्दा कम उमेर ३५ वर्षमै ओमविक्रम भाट प्रदेश सभा सदस्य बनेका छन्। बेलबहादुर रानाले यसअघि प्रदेश  सभा सदस्य र वीरबहादुर थापा पुनर्वास नगरमा पराजित भएका थिए।

पातलको संसदीय यात्रा पहिलो हो। बहादुर थापा र दिवान सिंह विष्ट यसअघि नै ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए। थापा अघिल्लो निर्वाचनमा प्रदेश तथा विष्ट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। प्रदेश सभा सदस्यमा प्रकाश रावल दोस्रोपटक निर्वाचित भएका हुन्।