मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १० शनिबार ११:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निटफेस्टको दोस्रो दिन दुई देशका नाटक र शबानाको ‘मास्टरक्लास’ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १० शनिबार ११:२३:००

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार दुई नाटकको चार मञ्चनसहित सुप्रसिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार भारतको नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ। अंग्रेजी, कन्नड र तामिलभाषी यस नाटकका निर्देशक अभिषेक मजुमदार हुन्।

अर्को नाटक स्पेन र इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ दिउँसो २ र ४ बजे मञ्चन हुँदैछ। ‘नन–भर्वल’ यस नाटकका निर्देशक पाब्लो दुरान रोजस डायना कोस्टा हुन्। त्यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको अभिनेत्री शबना आजमीको मास्टरक्लस साँझ ७ः३० बजे हुँदैछ। अभिनयका शिल्प र शैली, संघर्ष र सफलतालगायतका सन्दर्भमा हुने मास्टर क्लासलाई कवि विप्लव प्रतीकले सहजीकरण गर्दैछन्।

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ मण्डला थिएटर थापागाउँ काठमाडौंमा भइरहेको महोत्सव आगामी मंसिर १७ सम्म चल्नेछ। महोत्सवको शुक्रबार भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबानाको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेका हुन्।  

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।