मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर १० शनिबार ०८:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ ३ मा भानुभक्त ढकाललाई हराउँदै सुनिल शर्मा निर्वाचित 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर १० शनिबार ०८:५२:००

एमालेका भानुभक्त्त ढकाललाई २२ हजार ७ सय ३६ मतले पराजित गर्दै मोरङ ३ मा कांग्रेसका उम्मेदवार सुनिल शर्मा प्रतिनिधिमा निर्वाचित भएका छन्।अन्तिम  मतपरिणाम अनुसार निर्वाचित शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । एमालेका  भानुभक्त ढकालले २५ हजार ८ सय ९५ मत मात्र प्राप्त गर्न सफल भए । 

यहाँ राप्रपाकी रेखा थापाले १० हजार नौ सय ९८ मत पाएकी छन् । २०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शर्माले एमालेका भानुभक्त्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै हारको बदला लिन सफल भएका हुन् । 

२०७४ को आम निर्वाचनमा शर्मा भानुभक्तसँग एक हजार नौ सय सात मतले पराजित भएका थिए  । उनले त्यो बेला ४० हजार पाँच सय ६ मत पाएका थिए । भानुभक्तले ४२ हजार चार सय १३ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा मन्त्री समेत भइसकेका एमालेका भानुभक्तसँग ‘रिम्याच’ खेलेका शर्मा  फराकिलो मतान्तरले विजयी हुन सफल भएका हुन् ।