मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १० शनिबार ०६:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँके प्रदेससभा १ (ख) : माओवादीका पूर्व डेपुटी कमाण्डर सन्तोष एमालेबाट विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १० शनिबार ०६:१७:००

बाँके निर्वाचन क्षेत्र नंं. १ प्रदेससभा (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी (सन्तोष) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फुलाराम थारुलाई सात सय ८७ मत अन्तरले पराजित गरेका हुन् । प्रदेससभा सदस्यमा विजयी चौधरी माओवादीका पूर्व डेपुटी कमाण्डर हुन् । 

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दुर्गाले १५ हजार ६ सय ६७ प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी फूलारामले १४ हजार सात सय ८० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि प्रदेससभा १ (क) मा माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) विजयी भएकी थिइन् । 

दुर्गाको जितसँगै एमालेले बाँकेमा दुई प्रदेससभा सदस्य जितेको छ ।