मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार २०:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीकाे दाबी- जितेको आधा बढी सिट कांग्रेसले लुटेको हो  

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार २०:२१:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले पाएको सिटको आधा बढी लुटेर ल्याएको बताएका छन्। उनले बाकस साटेर र धाँधली गरेर कांग्रेस प्रत्यक्षमा पहिलो भएको दाबी गरेका हुन्।

मतदातालाई धन्यवाद दिने क्रममा झापामा भएको कार्यक्रममा बोल्दै ओलीले चुनावमा सत्ता गठबन्धनले राज्य संरचनाको दुरुपयोग गरेका आरोप लगाए।

‘कांग्रेसले अहिलेसम्म आफ्नो ४२ सिटमा जित निकालेको छ । यसको कमसेकम आधाभन्दा बढी सिट लुटेका सिट छन्। अहिले पनि विभिन्न ठाउँमा चुनाव हुन सकेको छैन। बाजुरा, दोलखा स्याङ्जामा चुनाव हुन सकेको छैन,’ ओलीले भने, ‘चुनाव भएर राम्ररी गन्ति भइरहेको ठाउँमा अनेक प्रकारको बखेडा थपेर इलाम जस्ता ठाउँमा धाँधली गर्ने ढिलो गर्ने प्रयास भएको छ। नेपाली जनताले माया गरेको रहेछ, लुट्दा पनि एमालेको घर रित्तो छैन। समानुपातिकमा एमाले पहिलो भएको छ । लोकप्रिय मत प्राप्त गरिरहेको छ।’

ओलीले सत्ता गठबन्धनले वुथ कब्जा गर्ने, डर त्रास देखाउने मात्र काम नगरी मत गणनामा समेत धाँधली गरेको आरोप लगाएका छन् । ‘विभिन्न डर त्रास र अनुचित क्रियापकलाप भए । मान्छे मार्ने, वुथ लुट्ने, बाकस साट्ने काम सत्ता गठबन्धनले ग¥यो,’ ओलीले भने, ‘गएराति धनुषा–२ मा ३ बजेपछि अचानक पाँच सय प्रहरी ल्याएर हुलियो। मतपेटिका गणना गर्न घोप्ट्याइयो । गन्ती गर्न अवरोध भयो भनिएको थियो । तर, १२७ भोटले जित्यो भनेर निर्वाचन अधिकृतले घोषणा गरे । जबकि नेकपा एमालेको उम्मेदवार तीन सय बढीले अग्रता थियो । अग्रता हुँदा–हुँदै गन्दै नगनी घोषणा गरे । योभन्दा नाङ्गो नाच के हुन्छ ? यो भन्दा तानाशाही र अधिनायकवाद के हुन्छ? अहिले गठबन्धनले त्यस्तो गरेको छ।’

उनले एमालेले देशलाई स्थितरतातर्फ लैजाने प्रयास गर्दा–गर्दै पनि सफल नभएको बताए । जनतालाई सचेत गराउन नसकिएको उनको भनाइ थियो । ‘देश स्थिरतातर्फ लान कोशिस ग¥यौँ । भिजनसहितको एउटै नीतिमा सरकार चलोस् भनेर मिहिनेत ग¥यौँ । तर, देशव्यापी रूपमा जनतालाई पर्यापत सचेत बनाउन सकेनौँ,’ ओलीले भने,‘अल्मल्याउने, भड्काउने,  दिशाहीन, नीतिहीन र गन्तव्यहीन क्रियाकलाप चले । दुःखको कुरा हामीले जनतालाई पर्याप्त सजक बनाउन सकेनौँ।’