१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीकोट (ख)मा कांग्रेसका हिक्मत विष्ट विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १७:२६:००

कालीकोट प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्। १३ हजार ७८३ मत ल्याएर विष्ट विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार ८३९ मत पाएका छन्।

 त्यस्तै नेपाल मजदुर किसान पार्टीका जनकबहादुर विष्टले १६९, स्वतन्त्रका लक्ष्मणबहादुर बमले दुई हजार ८७३, नेपाली कांग्रेस विपीका कर्णबहादुर विष्टले १६१ र एकीकृत समाजवादीका विश्वराज बमले दुई हजार ५५१ मत पाएका छन्। कुल मतमध्ये एक हजार १२५ बदर भएको छ।