१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार १६:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफद्वारा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार १६:१९:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीले जनाएको छ।

गत आर्थिक वर्ष २०७८–७९ मा पनि ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बनेको थियो। सम्पूर्ण कागजात प्राप्त भएलगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको जनाउँदै कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएको छ।

कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

२०७९ असोज मसान्तसम्ममा कम्पनीको लगानी १४९.७६ अर्व रुपैयाँ छ भने जीवन बीमाकोष १४२ अर्व ९ करोड रुपैयाँ तथा शेयरधनी कोष ११ अर्र्व ३ करोडभन्दा बढी रहेको छ। कम्पनीले देशभरका आफ्ना १९७ कार्यालयबाट जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।