मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरी १ (ख) बाट माओवादीका साह पुनः विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १३:५३:००

सत्तागठबन्धनका साझा उम्मेदवार भरत साह महोत्तरी क्षेत्र १ (ख) बाट ८३७१ मतसहित पुनः निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार राम श्रेष्ठ महतोले ५८७१ मत प्राप्त गरेका छन्।

मधेश प्रदेश सरकारमा आन्तरिक मामिला तथा गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका साहले गत निर्वाचनमा १० हजार ९३  मत प्राप्त गरेका थिए। उनले यसपटक भने सोअनुरुप मत प्राप्त गर्न सकेनन्।