मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार ११:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार ११:४४:००

आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज दिउँसो २ बजे थापागाउँस्थित मण्डला थिएटरमा भव्य उद्घाटन हुँदैछ।

भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण हुन लागेको हो। त्यस्तै उद्घाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलगायतले कलाप्रेमीहरुमाझ सम्बोधन गर्नेछन्।

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन्। महोत्सवले मंसिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ।

महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्यभूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन्। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।