मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आपूर्तिमन्त्री बडूका लागि गठबन्धन फलदायी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १०:५६:००

नेपाली कांग्रेसका प्रभावशाली नेता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भएर संसद् पुगेका छन् । २०७४ सालमा समानुपातिक हुँदै वर्तमान मन्त्री रहेका बडूको लागि गठबन्धन फलदायी बन्यो । 

योपटक अन्तिम मौका भन्दै मत मागेका बडू नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई २ हजार १३४ मतान्तरले पराजीत गर्दै विजयी भए । बडूले २८ हजार ५१५ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत ल्याए। 

ठगुन्ना र बडूबीच प्रतिस्पर्धा भएको यो तेस्रो पटक हो । ०६४ सालमा पहिलो पटक दुवै नेताबीच प्रतिस्पर्धा हुँदा नेकपा माओवादीका लक्ष्मणदत्त जोशी निर्वाचित भएका थिए ।  ठगुन्ना दोस्रो र बडू तेस्रो भए । दार्चुलाबाट लगातार चुनाव लड्दै आएका बडू र ठगुन्नाबीच ०७० सालमा प्रतिस्पर्धा हुँदा ठगुन्ना विजयी भएका थिए । 

०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन बनेपछि बडू समानुपातिक छिरेका थिए ।  अहिले कांगे्रस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनमोर्चाबीच गठबन्धन हुँदा दार्चुलाबाट बडूले सहज जित निकालेका छन् । 

काम गर्ने अवसर
२०४८ सालदेखि निरन्तर सरकारमा पुगेपनि जिल्लाको लागि काम गर्न नसकेको आरोप खेप्दै आएका दिलेन्द्रप्रसाद बडूको लागि योपटक काम गरेर देखाउने अवसर जुरेको छ । केन्द्रीय राजनीतिमा प्रभाव राखेपनि जिल्लाको विकासमा योगदान दिन नसकेको बडूमाथि आरोप लाग्दै आएको थियो । 

दार्चुलाबाट चुनाव जितेपछि सदरमुकाम खलंगामा विजयीसभालाई सम्बोधन गर्दै बडूले भने, ‘जनताको विश्वासलाई तलमाथि गर्दैनौ । अहिलेसम्म मैले गरेका कामलाई काम नदेख्नेहरुलाई पाँच वर्षभित्र काम गरेर देखाउनेछु ।'