Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर ९ शुक्रबार ०८:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ बाट एमालेका तारालामा तामाङ्ग निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर ९ शुक्रबार ०८:३९:००

कञ्चनपुर निर्वाचन क्षेत्र १ मा एमालेका उम्मेदवार तारालामा तामाङ्ग निर्वाचित भएका छन् । तामाङ्गले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बिना मगरलाई ५ हजार ५४६ मतको अन्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

तामाङ्गले २४ हजार, ८९२ र मगरले १९ हजार ३४६ मत ल्याएका छन् । यसअघि ०७४ को निर्वाचनमा सहकर्मी रहेका तामाङ्ग र मगर पाँच बर्षपछि मुख्य प्रतिस्पर्धीको राजनीतिमा आएका हुन । मगर पूर्वखानेपानीमन्त्री र तामाङ्ग प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री हुन् । अधिल्लो पटक प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा (नेकपा माओवादी र एमाले) बिच बाम गठबन्धन हुँदा यस क्षेत्रबाट बिना मगर र १(क) प्रदेश सभामा तामाङ्ग दोब्बर मतले निर्वाचित भएका थिए ।

तामाङ्ग एमाले प्रदेश सभा हुँदै प्रतिनिधिसभा सदस्यको यात्रामा छन् । एमाले फुटेपछि समाजवादीतिर लागेका तामाङ्ग गत १५ भदौँमा पुन: एमालेमै फर्किएका थिए । 
यस पटक एमाले एक्लै चुनावी मैदानमा थियाे भने माओवादी र कांग्रेसकाे गठबन्धन भएको थियो । क्षेत्र १ काे २(क)  मा एमालेकै बिर बहादुर थापा र १(ख)मा काँग्रेसका दिवान सिह विष्ट निर्वाचित भएका छन् ।