१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार ०७:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अमेरिकासँग इंग्ल्यान्ड सतर्क रहने

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०७:४३:००

 इंग्ल्यान्डसँग अल बायत मैदानमा प्रतिस्पर्धा गर्दा अमेरिकाको एउटै लक्ष्य स्तब्ध नतिजा निकाल्ने हुनेछ । सन् १९५० को विश्वकपको इतिहास दोहो¥याउने योजनामा ग्रेग बर्हाल्टरको टोली छ । सो विश्वकपमा अमेरिकाले जोसेप इडुआर्ड गेटजेन्सको एक मात्र गोलको सहयोगमा इंग्ल्यान्डमाथि अमेरिकाले १–० को स्तब्धपूर्ण नतिजा निकालेको थियो । त्यसपछि अमेरिकाले विश्वकपमा इंग्ल्यान्डसँग सन् २०१० मा खेल्यो । दुवै टोलीले खेलमा १–१ को नतिजा निकाले । २२औँ संस्करणमा यी दुवै टोली समूह ‘बी’मा छन् । इंग्ल्यान्ड र अमेरिकाबीच तेस्रोपटक विश्वकपमा प्रतिस्पर्धा हुँदै छ । 

अन्तर्राष्ट्रिय फुटबलमा सन् २०१८ नोभेम्बरमा इंग्ल्यान्डले अमेरिकाको सामना गरेको थियो । बाइनी रोनी, ट्रेन्ट एलेक्जान्डर अर्नोल्ड र विल्सनको गोलमा इंग्ल्यान्ड ३–० ले विजयी भयो । ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डले पहिलो खेलमा इरानमाथि ६–२ को प्रभावशाली जितसँगै कतार विश्वकपमा सानदार सुरुवात गरिसकेको छ । केनसँगै बुकायो साका, रहिम स्टर्लिङ, मासोन माउन्ट, जड वेलिंघमजस्ता खेलाडीले इंग्ल्यान्डको पहिलो जितमा उत्कृष्ट प्रदर्शन गरे । अमेरिकाविरुद्ध जित निकाल्दा इंग्ल्यान्डले प्रिक्वार्टरफाइनल सम्भावना बलियो पार्नेछ । 

पहिलो खेलमा वेल्ससँग १–१ को बराबरी खेलेको अमेरिका पहिलो जितको खोजीमा छ । टेलर एडम्सको कप्तानीमा अमेरिकासमेत इंग्ल्यान्डलाई हराउँदै अन्तिम १६ को सम्भावना जारी राख्न केन्द्रित हुनेछ । इंग्ल्यान्डविरुद्ध कप्तान एडम्ससँगै चेल्सीबाट खेल्दै आएका क्रिस्टियन पुलिसिक, डर्टमन्डबाट खेलेका जिओभानी रेयना, बार्सिलोनाका पूर्वखेलाडी सर्जिनो डेस्टजस्ता खेलाडी अप्रत्याशित नतिजा निकाल्न आतुर छन् ।