मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ९ शुक्रबार ०७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावले पाठ सिकायो, गम्भीर समीक्षा हुन्छ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ९ शुक्रबार ०७:०३:००

माधवकुमार नेपाल भन्छन्- कांग्रेसले गठबन्धनका नाममा फाइदा लियाे, एकीकृत समाजवादी र माओवादीलाई घाटा भयो

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी नतिजाले आफूहरूलाई पाठ सिकाएको बताएका छन् । रौतहट १ बाट निर्वाचित भएपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले चुनावी परिणामले फेरि वाम एकता गरेर सरकार बनाउनुपर्ने संकेत गरेको, तर केही गलत प्रवृत्तिका कारण त्यसो हुन नसक्ने बताए ।

‘वामहरू सिद्धान्तका निम्ति, आदर्शका निम्ति अगाडि बढ्न चाहेका हुन् भने तिनीहरूबीच एकता हुन्छ,’ नेता नेपालको भनाइ थियो, ‘वामको नाममा गलत प्रवृत्ति बोकेर हिँड्छन् भने त्यो प्रवृत्तिसँग एकता सम्भव छैन ।’ कांग्रेसले गठबन्धनका नाममा फाइदा लिएको उनको आरोप थियो । ‘गठबन्धनका नाममा एकीकृत समाजवादी र माओवादीलाई घाटा भयो,’ उनले भने, ‘हाम्रै कारण कांग्रेसले नाफा लियो ।’

नेपालले अब बन्ने सरकारको विषयमा अहिले नै आफूले केही भन्न नसक्ने बताए । आफू इमानदार भएकाले रौतहटका जनताले आफूलाई विजय गराएको बताउँदै उनले अपेक्षा गरेअनुसार परिणाम नआएकाले गम्भीर भएर सोच्नुपर्ने उल्लेख गरे ।