१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
आई जुन
२०७५ चैत १८ सोमबार ०८:१७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

‘राष्ट्रवादी’ सञ्चारमाध्यम र चीन-भारत सम्बन्ध 

Read Time : > 2 मिनेट
आई जुन
२०७५ चैत १८ सोमबार ०८:१७:००

चीन र भारतको आजको सम्बन्ध सहजै बनेको होइन । यसले दुवै पक्षको विकासमा फाइदा पु-याएको छ ।

‘भारतले चीनविरुद्ध हवाई हमला गर्ने विषयमा सोच्नुपर्ने भएको छ । ताइवानसँगको सम्बन्ध बढाउने र निर्वासनमा रहेको तिब्बत सरकारलाई सहयोग गर्ने विषय  सोच्नुपर्छ,’ द टाइम्स अफ इन्डियाले गत शनिबार ‘ड्र्यागनसँग भिडन्त गरौँ, आतंकवादको पर्यावरण चक्रमा चीन फ्याक्टरलाई सम्बोधन गरौँ’ शीर्षकको  सम्पादकीयमा लेखेको छ ।

दैनिक पत्रिकाको सम्पादकीयले भारत सरकारलाई यस्तो सुझाब दिन सक्छ भनेर तपाईं कल्पना गर्न सक्नुहुन्छ ? यो युद्धको घोषणा हो । द टाइम्स अफ इन्डिया किन आक्रोशित देखिएको छ ? के चीनले भारतीय भूमिमा अतिक्रमण गरेको छ ? पक्कै छैन । 

यो सबै मसुद अजहरलाई विश्वव्यापी आतंककारी घोषणा गर्नुपर्ने भारतको प्रस्तावसँगै सुरु भएको हो । संयुक्त राष्ट्रसंघमा लगेको यस प्रस्तावलाई चीनले खारेज गरिदिएको थियो । अजहरविरुद्ध खडा भएको भारतले न संयुक्त राष्ट्रसंघको नियम र प्रक्रियाले कसरी काम गर्छ भन्नेतर्फ  ध्यान दिएको छ, न त अजहर आतंकवादी क्रियाकलापमा संलग्न भएको गतिलो प्रमाण नै नयाँदिल्लीले पेस गर्न सकेको छ । यस्तो अवस्थामा आएको भारतीय मिडियाको सुझाबले मानिसलाई सन् १९६० को दशकमा भएको सीमायुद्ध सम्झाइदिन्छ । 

बढ्दो राष्ट्रवादी भावनाले चीन–भारत सम्बन्धलाई खाल्डोमा हाल्नेछ । भारतले चीनलाई शत्रु देख्छ भने चीनसँगको  द्विपक्षीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका सहकार्यलाई त्याग गर्ने तयारी गर्नुपर्छ ।
 

अब के इतिहास आफैँ दोहोरिन्छ ? जबकि, भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले विवादित सीमाक्षेत्रमा नियन्त्रण बढाउन अग्रगामी नीति अख्तियार गर्न निर्देशन दिएका थिए । अहिलेको समयमा घटनाक्रमहरू कसरी अघि बढ्लान् ? टाइम्स अफ इन्डियाका सम्पादकहरूले इतिहासका केही पाठबारे विस्तृत जानकारी दिन जरुरी छ । 

बढ्दो राष्ट्रवादी भावनाले चीन–भारत सम्बन्धलाई खाल्डोमा हाल्नेछ । भारतले चीनलाई शत्रु देख्छ भने चीनसँगको  द्विपक्षीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका सहकार्यलाई त्याग गर्ने तयारी गर्नुपर्छ । भारतले त्यस्तो रणनीति अख्तियार ग¥यो भने त्यो मूर्खता मात्रै हुनेछ, किनकि सैन्य ताकत र आर्थिक क्षमतामा चीन भारतभन्दा बलियो छ । चीनले भारतसँगको सहकार्य तथा आपसी विश्वासलाई प्रवद्र्धन गर्दै सापेक्ष सम्बन्ध राख्ने गरेको  छ ।

मोदी प्रशासन मूर्ख छैन । चीन र भारतको आजको सम्बन्ध सहजै बनेको होइन । यसले दुवै पक्षको विकासमा फाइदा पु-याएको छ । तर, द टाइम्स अफ इन्डियाले दिएको पछिल्लो सुझाबले यो सम्बन्धलाई ६० को दशकको युद्धकालीन समयमा फर्काउन सक्छ । भारतको मूलधारको पत्रिकाले यस्तो गर्नु मूर्खतापूर्ण र अर्थहीन छ । भारतीय सञ्चारमाध्यममा राष्ट्रवाद निकै हाबी भइसकेको छ । 

द टाइम्स अफ इन्डियाका सम्पादकहरू अमेरिकाबाट प्रभावित भएका हुन् । बिहीबार अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अजहरलाई आतंकवादी सूचीमा राख्ने उपाय पेस गरेको थियो । यो कदम बेइजिङ र दिल्लीबीच दूरी खडा गर्ने प्रयत्न हो । तर, यसलाई बुझ्न भारत असफल भयो । ‘चीनलाई दबाबमा राख्ने अमेरिकी कदम स्वागतयोग्य छ,’ द टाइम्स अफ इन्डियामा लेखिएको छ ।

चीनप्रतिको यस सञ्चारमाध्यमको आक्रोश त्यही अनुपातमा छ, जसलाई अमेरिकाले खुसीसाथ हेर्न चाहन्छ । टाढाबाट एसियाको अवस्थालाई नियन्त्रणमा राख्न चीन र उसका छिमेकी देशबीच समस्या खडा गर्नुले चीनको उदयलाई रोक्न मात्रै भूमिका खेल्दैन, अमेरिकाको विश्वव्यापी दबदबालाई पनि सुरक्षित गर्छ । 

चीन–भारतबीच युद्ध भयो भने अमेरिकी हतियार निर्माता कम्पनीहरूको भाग्योदय हुनेछ । त्यस्तो समयमा के भारत अमेरिकाकै सहयोगमा माथि उठ्न सक्छ ? कुनै पनि कारण किन नहोस्, भारतीय मिडियाले यस्तो गैरजिम्मेवार र मूर्खतापूर्ण प्रतिक्रिया जनाउनु हुन्न । चीन र भारतबीच मतभेद अवश्य छ, तर सम्बन्धमा निकै ठूलो सुधार भएको छ, दुई देशका सरकारलाई वर्षौंदेखिको प्रयासका लागि धन्यवाद भन्नुपर्छ । 

भारतीय मिडियाले आफ्नो राष्ट्रवादी भावनालाई नियन्त्रण गर्नुपर्ने समय आएको छ । दूरी बढाउने कामले चीन–भारत सम्बन्धको ठूलो चित्रमा क्षति मात्रै पु-याउनेछ । 
ग्लोबल टाइम्सबाट